बालकुमारी घटना : झोलामा बोकेको मोबाइलमा गोली लागेर जोगियो ज्यान
ललितपुर, पुस १३ । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली झोलामा बोकेको मोबाइलले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको छ ।
प्रहरीको गोली लागेपछि झोलामा रहेको मोबाइलमा प्वाल परेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।
प्रर्दशनका क्रममा नै उनिहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पछि त्यस क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । यस घटनामा दुई युवकको ज्यान गएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय