Kath khabar
सन्दीपलाई कतिवर्ष हुन सक्छ जेल सजाय ?

                  

                    काठमाडौं, पुस १३।  जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेले कति सजाय भोग्नु पर्नेछ भन्ने निर्णय गर्न अदालतले पुस २५ गतेलाई पेशी तोकेको छ ।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । उक्त व्यवस्था अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख गरिएको छ

अदालतले पीडित गौशाला २६ घटना भएका बेलामा नाबालिग भने नरहेको फैसला गरेको छ । तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ ।

तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update