Kath khabar
नेपाल सुपर लिग : धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएल दोस्रो संस्करणको उपाधि
तस्विर : नरेश श्रेष्ठ

 

                काठमाडौं, पुस १५ ।  नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३-२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

खेलमा पहिलो हाफमा दुवै टोलीले १-१ गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।

तर दोस्रो हाफमा ललितपुरले २ गोल गरेर ३-२ गोलको जित हात पार्‍यो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update