Kath khabar
आज चौथो राष्ट्रिय च्याउ दिवसको अवसरमा जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै

 

                    ललितपुर, पुस १५ ।  ललितपुरको जावलाखेल खेलमैदानमा आज एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनको कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो ।

मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताके लगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।

यस्तै, आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ साल देखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update