साउदीको एक कम्पनीले ५७१ नेपाली श्रमिकलाई तलब लिन बोलायो (सूचीसहित)
काठमाडौं, पुस १५ । साउदी अरेबियाको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ ।
साउदी अरबको टाट पल्टिएको मोहमद अल मोजिल ग्रुप कम्पनीले श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेपछि तलब र सेवा, सुविधा नलिई बिदा भएकालाई सम्पर्कमा आउन भनेको हो । दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ । कम्पनीले श्रमिकको नाम पनि सार्वजनिक गरेको छ।
यो कम्पनीबाट ५७१ जना नेपाली श्रमिकले तलब तथा सेवा, सुविधाबापतको रकम लिन बाँकी छ । कम्पनीले नेपाली कामदारसँग सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय