Kath khabar
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु

 

                     काठमाडौं, पुस १६ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को शुरुवात भएको हो ।

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि आजै मनाइँदैछ । विगतका वर्षमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ ।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान, साङ्गीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन् । काठमाडौंका विदेशी पर्यटकको भीडभाड हुने ठाउँ, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरूमा नयाँ वर्ष २०२४ भव्यरुपमा मनाइँदै छ ।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update