सिक्किममा पक्राउ परेकी युट्युबर उमा चाम्लिङ राई रिहा पश्चात नेपाल फिर्ता
राईले केही दिनअघि सामाजिक सञ्जाल मार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन्
सिक्किम, पुस १६ । सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई त्यहाँको प्रहरीले रिहा गरेको छ । सिक्किमको सञ्चारमाध्यम द सिक्किम क्रोनिकल्सका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो ।
उमा माथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र बोलाएको बेलामा अदालतमा हाजिर हुन आउनु पर्ने खबरमा उल्लेख छ । साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले अस्ति शनिवार उमालाई पक्राउ गरेको थियो ।
राईले केही दिनअघि सामाजिक सञ्जाल मार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय