Kath khabar
आजदेखि फाखेल-फर्पिङ सडक खण्ड दुई महिना बन्द

 

                   काठमाडौं, पुस १६ ।  फाखेल-फर्पिङ सडक खण्ड आजदेखि २ महिना बन्द हुने भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले आउँदो फागुन १५ गतेसम्म बन्द हुने भएको हो । 

'आजदेखि आउँदो फागुन १५ गतेसम्म फाखेल-फर्पिङ सडक खण्डमा गाडी आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँले बताउनु भयो । 

वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी-कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न सकिने छ । 

यस्तै, काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडा तर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update