Kath khabar
पोर्चुगललाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा, स्टार खेलाडी रोनाल्डोको युरो यात्रा समाप्त

यूरोप, असार १४ । साविक बिजेता पोर्चुगल युरोकपको प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । बेल्जियमसँग एक सुन्यको हार ब्येहोर्दै उसले जारी युरोपेली च्याम्पियनसीपको यात्रा अन्तिम १६ मै टुग्याएको हो । बेल्जियमको जितमा थोगर्न हाजार्डले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । अब क्वाटरफाइनलमा उसले इटालीको समना गर्नेछ ।

पहिलो हाफमा दुबै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन् । २५ र्औँ मिनेटमा डि बक्स भन्दा केही बाहिरबाट क्रिस्टियानो रोनाल्डोले गरेको फ्रिकिक प्रहार थिबाउट कोट्वाले बचाउनु भयो । ३५ औँ मिनेटमा बेल्जियन खेलाडी  इडेन हाजार्डले गरेको प्रहारले पोष्टको दिशा लिन सकेन।  पहिलाो हाफमा सकिन मात्र तीन मिनेट रहँदा बेल्जियमले अग्रता बनाएको हो ।

थोमस म्युनर दिनुभएको पासमा थोगर्न हाजार्डले  डि बक्स भन्दा केही बाहिरबाट गर्नुभएको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो । दोस्र्रो हाफको सुरुवातमा चोट बोकेपछि बेल्जियका स्टार खेलाडी केभिन डि ब्रुयनालाई प्रतिस्थापन गरिएको थियो । त्यसपछि पोर्चुगलले पाएका केही अवसर सदुपयोग गर्न सकेन। र स्टार खेलाडी सम्मलित पोर्चुगलको यात्रा अन्तिम १६ मै टुंगियो ।

सकियो रोनाल्डोको पनि युरो यात्रा

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको यो सिजनको युरो यात्रा समाप्त भ्रएको छ । जारी प्रतियोगितामा उहाँले चार खेलमा पाँच गोल गर्नुभयो । सबै भन्दा कठिन मानिएको समुह एफ उहाँकै कप्तानी प्रद्र्रशनमा पोर्चुगलले फ्रान्स जस्तो बलियो देशलाई दुई-दुई गोलको  बराबरीमा रोकेको थियो । रोनाल्डोले २००४ यता लगातार युरोका पाँच सस्करणमा खेल्ने किर्तीमान बनाउनुभयो । सबै संस्करणमा गोल गरि युरोमा उहाँले गोल संख्या १४ पुर्‍याउनु भयो  । युरोमा सब्रैभन्दा धेरै १२ खेल जित्ने उहाँ एक्ला खेलाडी हुनुहुन्छ । साथे यही युरोमा उहाँको इरानका लेजेण्ड खेलाडी अलि डेइको एक सय ९ अन्तराष्ट्रिय गोल सँग किर्तीमान बराबरी गर्नुभयो। 

चेक रिपब्लिक ९ वर्ष पछि युरोकपको अन्तिम ८ मा

चेक रिपब्लिक ९ वर्ष युरोकपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराती हंगेरीको बुढापेष्टमा भएको खेलमा बलियो नेदरल्याण्ड्समाथि दुई सुन्य गोलको जित हात पार्दै २०१२ पछि पहिलो पटक चेकले युरोपमा अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो हाफमा नेदरल्याण्ड्सले गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । दोस्रो हाफको अधिकांश समय नेदरल्याण्डस विरुद्ध चेकले  दोस्रो हाफमै दुई गोल गरेको थियो । ५५ औँ मिनेटमा नेदरल्याण्डस्का भरपर्दा डिफेन्डर मथाइस दि लिक्तले हातले बल रोकेपछि भिडियो रिभ्यु पछि उहाँलाई सोझै रातो कार्ड दिइ मैदान बाहिर पठाइएको थियो । ६८ औँ मिनेटमा चेकले गोलको खडेरी तोडेको थियो । थोमेस होलेसले कर्नरबाट आएको बलमा हेडर गोल गर्नुभएको हो ।

८० औँ मिनेटमा प्याट्रिक सेकले गोल गरि चेकको अग्रतालाई दोब्बर बनाउनु् भयो । हेलेसको पासमा उहाँले वान टचमै सहज गोल गर्नुभएको हो । जारी प्रतियोगितामा उहाँको यो चौथो गोल हो। अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । शनिबार भएको खेलमा डेनिस टोलीले वेल्समाथि चार सुन्यको शानदार जित हात पारि अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update