माइतीघरबाट पक्राउ परेका सिके राउतसहित सबै रिहा
काठमाडौं, पुस १६ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनमत पार्टीका नेता कार्यकर्तालाई छुटाएका छन् । धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको थियो ।
गृहमन्त्री श्रेष्ठले अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेता कार्यकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् । जनमत पार्टीले आज आयोजना गरेको धोती दिवसको र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय