Kath khabar
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल

 

                 ढाका, पुस १७ ।  बंगलादेशको एक अदालतले नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ ।

८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएका छन् । युनुस माथि राजनीतिक पूर्वाग्रहका आधारमा उत्पीडन गरिएको भन्दै गत सेप्टेम्बरमा १७० भन्दा बढी विभिन्न देशका व्यक्तिहरुले शेख हसिनासँग आग्रह गरेका थिए ।

समान  पृष्ठभूमिमा युनुस सहित संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सिर्जना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसला विरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् ।

‘मेरा वकिलहरूले अदालतमा दृढतापूर्वक तर्क गरेकाले मेरो विरुद्धको यो फैसला सबै कानुनी पूर्वाधार र तर्क विपरीत छ,’युनुसले फैसला पछि जारी गरेको विज्ञप्तिमा भनेका छन्,’म बंगलादेशी जनतालाई अन्यायको विरूद्ध र हाम्रा प्रत्येक नागरिकका लागि लोकतन्त्र र मानव अधिकारको पक्षमा एक आवाजमा बोल्न आह्वान गर्दछु ।‘

‘गरिबहरूका बैंकर‘ भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update