Kath khabar
काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित, छानबिन गर्दै मेयर बालेन

 

                           काठमाडौं, पुस १७ । काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बित भएका छन् ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि छानबिन सुरु गरेको छ ।

मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत समेत यो प्रकरणमा जोडिएपछि मेयर शाह आफैँले छानबिन थालेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update