नयाँ सब भेरियन्ट जे एन १ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयको अनुरोध
काठमाडौं, पुस १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ ।
मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका हुन् ।
मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ ।
यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय