Kath khabar
चार्जिङमा राखिएको एमजी इभि गाडीमा आगलागी भए पश्चात कम्पनी दबावमा

 

                     काठमाडौं, पुस १८ ।  नेपालमा एक समय सबैभन्दा धेरै चलेको एमजी कम्पनीको इलेक्ट्रिक गाडीमा आगो लागेको विषयले कम्पनीलाइ रक्षात्मक बन्न पुगेको छ । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको एमजीको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ ।

सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाए पछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिएपछि कम्पनीलाइ खबर गरिएको थियो ।

एक प्रहरीका अनुसार प्रहरी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण रुपमा क्षति भएको थियो ।

कम्पनीका प्रतिनिधि आए पछि सवारी धनीकै अगाडि प्रहरीले मुचुल्का उठाए पनि एमजी कम्पनीले विषयलाइ बाहिर ल्याउन नचाहेको बताइन्छ । प्रहरी र सवारी धनीका कारण मिडियासम्म आगलागीको विषय पुगेपछि कम्पनीलाइ दबाव सिर्जना भएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update