Kath khabar
पूर्वराजा ज्ञानेन्द्र शाहले भैरहवामा भोलि के घोषणा गर्दैछन् ?


                  भैरहवा, पुस १८ । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा छन् । शाहले भैरहवामा बिहीबार सम्बोधन गर्ने भएका छन् ।

गत पुस ८ गते भैरहवा पुगेका पूर्वराजाको बिहीबार नागरिक अभिनन्दन हुने र तत्पश्चात उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले बताए । भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भइरहेको उनले बताए । यसअघि विभिन्न ठाउँमा नागरिक अभिनन्दन भए पनि कमैमात्र सम्बोधन हुने गरेको थियो । एक महिना उपत्यका बाहिर रहने जनाइएको छ । उनी पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको बताइएको छ ।

पूर्वराजाको बाहिर भ्रमण र राजावादीहरुका विभिन्न गतिविधिले भने गणतन्त्रवादी दलहरुले विभिन्न अड्कल काटेर क्रिया प्रतिक्रिया जनाइरहेका छन् । उनले बिहीबार भैरहवामा के घोषणा गर्दैछन् भन्ने चासो भैरहवाका जनतामा देखिएको छ ।उनले विभिन्न व्यक्तिहरुलाई सामूहिक र एक्लाएक्लै पालैपालो भेटघाट गरेका छन् ।

शनिवार पूर्वराजाले शिवराज नगरपालिका-३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरे । सो अवसरमा पूर्वराजाका नाति हृदयेन्द्र पनि साथमा रहेका थिए । नेपाल एकीरण गरेर नेपाललाई विश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निर्माण गरिएको बताइएको छ ।

सार्वजनिक रूपमा भने पूर्वराजा केही बोलेका छैनन् । सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update