Kath khabar
धर्मशास्त्र अनुसार बिहिबार नगर्नुहोस् यस्ता कार्य

 

                     काठमाडौं, पुस १० । हिन्दु धर्ममा हप्ताका सातै बार विभिन्न दिनको विशेष महत्व रहेको हुन्छ । जसअनुसार बिहीबार भगवान विष्णु र गुरु बृहस्पतिको पूजा आराधना गरिन्छ ।

भगवान विष्णुलाई यो संसारको पालनकर्ता मानिन्छ । बिहीबारको दिन धेरै काम गर्न निषेध गरिएको छ, जुन कतिपयलाई थाहा नहुन पनि सक्छ । यसो गर्नाले माता लक्ष्मी र बृहस्पति क्रोधित हुने धर्मविद्हरु बताउछन् ।

यति मात्र होइन, तपाईको कुण्डलीमा बृहस्पतिको स्थितिले पनि प्रतिकूल असर पार्न सक्छ । शास्त्रमा यस दिन धेरै काम गर्न वर्जित मानिएको छ । ज्योतिष शास्त्रका अनुसार बिहीबार केराको फल खानु वर्जित मानिन्छ । केरा भगवान विष्णुलाई अति प्रिय हुने लाग्ने फल मानिन्छ । बिहीबार केराको बोटको पूजा गर्ने गरिन्छ । यस दिन भूलवश पनि केरा खानु हुँदैन । यसले धनको हानि र जीवनमा समस्या आउन सक्छ।

ज्योतिष शास्त्र अनुसार बिहीबार घर सफा गर्नु वर्जित मानिन्छ । यस दिन घरमा लुगा लगाउनु हुँदैन । बिहीबारको दिन लुगा धुनु, घर पुछ्नु वा सफा गर्नुले कुण्डलीमा बृहस्पतिको स्थितिमा नराम्रो प्रभाव पार्छ र देवी लक्ष्मी क्रोधित हुन सक्छ। जसका कारण शारीरिक तथा आर्थिक समस्याको सामना गर्नु पर्ने हुन्छ ।

ज्योतिषशास्त्रका अनुसार बिहीबार मानिसले कपाल वा दाह्री काट्नु हुँदैन । त्यसो गर्नु निषेधित मानिन्छ। यसले तपाईको स्वास्थ्य बिगार्न सक्छ र सन्तानको खुसीमा समस्या आउन सक्छ । महिलाहरूले बिहीबार कपाल धुनु हुँदैन र यस दिन साबुन र स्याम्पु प्रयोग गर्नु हुँदैन । यस दिन नङ पनि काट्नु हुँदैन।

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update