Kath khabar
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प

 

                  सिन्धुपाल्चोक, पुस १० । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो  ।

काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र रामेछाप आसपासका जिल्लामा पनि भूकम्पको महसुस गरिएको छ । यस अघि आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update