Kath khabar
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथ मन्दिरको दर्शन

 

                      काठमाडौं, पुस २० । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।

बिहान ८ बजे पशुपति दर्शन गरेर ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी भएका छन् । मन्दिर दर्शन पश्चात जयशंकरले पशुपतिनाथ परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका उनले बिहीबार नै नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गरेका छन् । कार्यक्रम सकेर उनी आजै मध्यान्ह १२ बजे दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update