टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
काठमाडौं, पुस २० । नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
आपराधिक विश्वासधात गरेको आरोपमा उनी पक्राउ परेका हुन् । कम्पनी बेचेको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । बिहीबार राती पक्राउ परेका उनलाई थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत पुर्याएको छ ।
पठाओ र इन्ड्राइभ राइड सेयरिङ्ग कम्पनीहरुसँग भएको प्रतिस्पर्धापछि बन्द भैसकेको टुटल केही महिनाअघि नयाँ व्यवस्थापन टोलीका साथ पुनः सञ्चालनमा आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय