हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे मेयर बालेन्द्र
धरान, पुस २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) धरान पुगेका छन् । आज शुक्रबारदेखि धरानमा सुरु भएको ‘धरान डे’ उत्सवमा अतिथिको रुपमा शाह सहभागी भएका हुन् ।
धरान स्थापनाको १२३ वर्ष पुगेको अवसरमा शुक्रवारदेखि धरान उत्सव प्रारम्भ भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर शाहलाई सो अवसरका लागि अतिथिका रुपमा निमन्त्रणा गरेका थिए । सोहीक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि धरान पुगेका हुन् ।
धरानकै ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उक्त उत्सवको उद्घाटन गरेकी छिन् । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय