काठमाडौं, असार १४ । निशेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौंं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको संयुक्त बैठकले आज राती १२ बजेदेखि नै कार्यान्वयनमा आउने गरी निशेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार अब काठमाडौ उपत्यकामा सबै पसलहरु दिनभर अर्थात साँझ छ बजेसम्म नै खोल्न पाईने भएको छ । यसअघि खाद्यान्न पसलहरुमा दैनिकरुपमा ११ बजेसम्म र अन्य पसल व्यवसायहरुलाई बार अनुसार खोल्ने समय र दिन छुट्याईएको थियो । तर आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार सबै पसल व्यवसायहरु खोल्न पाईने भएको छ । यस अन्र्तगत खाद्यान्न पसलहरु साँझ छ बजेसम्म सबै दिन खोल्न पाईने छ भने अन्य अर्थात गैर खाद्यान्न पसलको हकमा बिहान ११ बजेसम्म साँझ छ बजेसम्म खोल्न पाईने भएको छ ।
बैठकले काठमाडौ उपत्यका प्रवेशमा भने थप कडाई गरेको छ । जसअनुसार अत्याबस्यक बाहेकका पास वाला व्यक्तिहरु मात्र उपत्यका प्रवेश गर्न पाउने भएका छन् । यसैगरी प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा २५ सिट क्षमता भएका ठुला बसहरुलाई पनि जोर बिजोर प्रणाली अन्र्तगत चल्न दिने भएको छ ।
लामो दुरीका सार्वजनिक यातायात, छोटो दुरीका टेप्पो, माईक्रोबसहरु भने चलाउन पाईने छैन । यसैगरी बैठकले बिवाहको लागि भने १५ जना मानिसहरुमा सिमित गरेर बिवाह कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । यस किसिमको निशेधाज्ञा मंगलबार देखि थप एक हप्ताको लागि हुने जिल्ला प्रशासन कार्यालले काठमाडौंले जानकारी दिएको छ ।