Kath khabar
०.२ देखि माइनस ५.५ डिग्री सेल्सियससम्म झर्यो जुम्ला, जिरी र जोमसोमको तापक्रम

 

                 काठमाडौं, पुस २२ ।  देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा पनि तल माइनसमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जिरीको माइनस ०.२, जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५.५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्य भन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।   कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।

तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update