Kath khabar
सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त, पुनः कर्फ्यु आदेश जारी

                          

                     सर्लाही, पुस २२ । सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेपछि आज पुनः त्यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही राउन्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा समेत ढुंगामुढा गरेको जनाईएको छ ।

गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यू जारी गरिएको थियो ।  

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update