Kath khabar
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन


                ढाका, पुस २२ ।  बंगलादेशको शिविरमा भएको आगलागीका कारण करिब ८ सय घर जलेर नष्ट भएपछि बंगलादेशमा रहेका करिब ४ हजार रोहिङ्ग्या शरणार्थी आश्रय विहीन भएका छन्।

बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यक माथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।

शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिणपूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो। उनका अनुसार कम्तीमा ७११ आश्रयस्थल पूर्ण रूपमा जलेका छन् भने ६३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए। उनले यो आगजनी रहेको अनुसन्धान गर्न आदेश दिएको बताए। गत वर्ष शिविरमा आगलागी हुँदा ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको थियो। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update