Kath khabar
चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान खुल्यो

 

                   चितवन, पुस  २३ । गत मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा बोराभित्र भेटिएका पुरूष र महिलाको शवको पहिचान भएको छ ।

उनीहरु भारत घर भई हाल चितवनको भरतपुरमा व्यापार गरेर बस्दै आएको खुलेको छ । हत्यामा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै रहेको प्रहरीले जनाएको छ । आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि विभत्स अवस्थामा हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा महिला र पुरुष दुई जनाको शव फेला परेको थियो । शव फेला परेको ११ दिनसम्म पनि पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयले मृतकहरुको शवको स्केच बनाएर पहिचान गर्न अनुरोध गर्दै फोटो सार्वजनिक गरेको थियो।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update