Kath khabar
रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैयाँ बरामद

 

                    काठमाडौं, पुस २५ । मंगलबार काठमाडौंबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको निवासबाट तीन करोड तीन लाख ७५ हजार रुपैयाँसहित बरामद भएको छ ।

लिटिल बुद्धका नामले चिनिने बम्जनको बूढानीलकण्ठस्थित घरबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभ र ३ सय डलर विदेशी मुद्रासमेत बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ ।

बम्जनलाई सिआइबीले हिजो बूढानीलकण्ठको हात्तीगौडास्थित घरबाट पक्राउ गरेको थियो । बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । ४ वर्षको खोजीपछि पक्राउ परेका बम्जनलाई आज अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ ।

राम बहादुर बम्जन बारा जिल्लाका एक विवादास्पद तपस्वी हुन् । बम्जनका पाँच जना अनुयायी आश्रमबाट बेपत्ता भएको समाचार आएपछि नेपाल प्रहरीको सिआइबीले बम्जनमाथि अनुसन्धान थालेको थियो । ललितपुरको बन्देगाउँ आश्रमबाट बेपत्ता भएका तीनजना मध्ये एकको आश्रममै हत्या भएको पनि सीआईबीले आशंका गरेको थियो ।

रामबहादुर बम्जनको आधिकारिक बौद्ध नाम पाल्देन दोर्जे हो । उनले २००६ मा रतनपुरीमा महिनौं दिन ध्यानमा बिताएर हजारौं दर्शक र मिडियाको ध्यान खिचेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update