Kath khabar
रामबहादुर बमजनविरुद्ध सर्लाहीमा सुनुवाइ सुरु

 

                     मलङ्गवा, पुस २६ । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बमजनलाई जिल्ला अदालत सर्लाही समक्ष प्रस्तुत गरिएको छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तादार सदन अधिकारीले जानकारी दिए ।  

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बमजनलाई मङ्गलबार पक्राउ गरेको थियो । उनलाई बुधवार राति १ः३० बजे काठमाडौंबाट सर्लाही लगिएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update