Kath khabar
बङ्गलादेशमा शेख हसिना पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त

 

               बङ्गलादेश, पुस २६ । बङ्गलादेश अवामी लीग पार्टीकी नेत्री शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेत्री शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

उहाँको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उहाँलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उहाँले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको शपथ लिनुभएको थियो ।

निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उहाँको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update