Kath khabar
पहिचान सार्वजनिक गर्न खोज्नेविरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी


                 काठमाडौं, पुस २६ । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउन खोज्नेविरूद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । गोपनियाताको भंग गर्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक हुन थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्षको कैद सजाय सुनाएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले पीडितको पहिचान सार्वजनिक गर्ने कोशिस गरेका छन् ।

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन् । गौशालाको उजुरीपछि साइबर ब्यूरोले पनि आवश्क छानबिन थालेको छ ।

गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु कानुन विपरित हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update