काठमाडौं, असार १४ । कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाले अपिल गरेको छ । विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले २०७८ बैशाख १६ गते देखि लकडाउन जारी गरेको सन्दर्भमा सरकारले हाल सो लकडाउनलाई केही खुकुलो पार्दे लगेको छ, नाडाले अपिल मार्फत भनेको छ ।
यसै सन्दर्भमा सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफनो व्यवसायमा संलग्नभई आफनो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड-१९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ, अपिलमा भनिएको छ ।