नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
टिकापुर, पुस २७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चुनिएका छन् ।
टिकापुरमा जारी पार्टीको महाधिवेशनमा निर्धारित समयमा रेशमको मात्रै उम्मेदवार परेको हो। अहिलेसम्म पार्टीको संरक्षकमा रुपमा रहेका चौधरी टिकापुर घटनामा दोषी ठहर गरेपछि जेलमा थिए।
सरकारले सजाय छुट दिएपछि उनी खुला राजनीतिमा आएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत भएका छन्।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय