Kath khabar
उपत्यकामा भोलिदेखि मेलम्चीको पानी

 

                 काठमाडौं, पुस २९ । भोलिदेखि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आउने भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माघे संक्रान्ति अर्थात भोलिदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ।

पहिलो दिन भोलि अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण शुरु हुनेछ । बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको थियो।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताए । उनका अनुसार  प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्नेछ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update