पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, माघ २ । नेपाल आयल निगमले आज मध्यरातबाट इन्धनको मूल्य घटाएको छ । निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको जनाएको छ ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भालबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५ रुपैयाँ र ती डिपोमा डिजेल र मट्टितेलको प्रतिलिटर १५३.५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोलको मूल्य १६५ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा एक सय ६६ रुपैयाँ, डिजल र मट्टितेल रु एक सय ५६ तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय