Kath khabar
अशक्त भक्तजनहरूको सहजताको लागि ह्विल चियर हस्तान्तरण



                     काठमाडौं, माघ ४ । २३ औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताको लागि माघ ३ गते ह्विल चियर हस्तान्तरण गरिएको छ । 

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्विल चियर हस्तान्तरण गर्नुभएको हो । नायब महानिरीक्षक थापाले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।  

जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इन्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूका सामूहिक प्रयासबाट ४ वटा ह्विल चियर हस्तान्तरण गरिएको हो । साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुङ्गाहरू बिछ्याइ जिर्णोद्धार समेत गरिएको थियो । 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update