![नेप्सेमा सात अंकले गिरावट](https://www.kathkhabar.com/uploads/posts/down 31705571924.jpg)
काठमाडौं, माघ ४ । नेप्से घटेको छ । आज बिहीबार नेप्से सात दशमलव १४ अंकले घटेर २१ सय ५५ दशमलव ८२ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ६८ अंकले घटेर तीन सय ९३ दशमलव ६२ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ९८ वटा कम्पनीहरुको तीन लाख चार हजार २३ पटकको कारोबारमा दुई करोड ११ लाख २५ हजार सात सय ७६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब १७ करोड ४९ लाख ८६ हजार दुई सय ८२ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये फाइनान्स, जलविद्युत र अन्य समुहले कमाएका छन् । यि बाहेक वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहले भने गुमाएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रिडी हाईड्रोपावर कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, रिडी हाईड्रोपावर कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तेह्रथुम पावर कम्पनी लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।