बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
बागलुङ, माघ ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । 'नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका दुर्गा प्रसाईँमाथि लोकतान्त्रिक चोकमा हातपात भएको हो ।
सभालाई सम्बोधन गर्न पुगेका उनलाई बिहीबार दिउँसो करिब २ बजे मञ्चमा उक्लने क्रममा बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमले मुक्का हानेका हुन् । प्रसाईं माथि मुक्का प्रहार भएपछि प्रहरीले गौतमलाई नियन्त्रणमा लिएको छ ।
गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ । उनले प्रसाईंमाथि किन मुक्का प्रहार गरे भन्ने बारे केहि बताएका छैनन् ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय