क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड रुपैयाँसहित चारजना पक्राउ
काठमाडौं, माघ ५ । क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड रुपैयाँसहित चारजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ ।
बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय