Kath khabar
यो साता कस्तो रहनेछ मौसम ?

 

                         काठमाडौं, माघ ५  । मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update