काठमाडौं, माघ ७ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले यहि माघ महिना देखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रोडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मन पर्ने प्रोडक्ट छानेर सो खेल खेल्न सक्ने छन् ।
यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रोडक्ट- अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट ४ माघ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशतसम्म अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने छन् ।
आइएमई पे को बारेमा :
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।