आइसीसी यू-१९ विश्वकप - टस हारेको नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै
काठमाडौं, माघ ७ । आइसीसी यू-१९ विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले न्युजिल्याण्ड विरुद्धको प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ। अनुभवी गुलशन झासँगै आकाश चन्द टोलीमा रहँदा स्पिनर दीपेश कँडेल, सुभाष भण्डारी र तिलक भण्डारीलाई पनि टोलीमा समेटेको छ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय