Kath khabar
काठमाडौंसहित देशभर चिसो बढ्यो, तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु

 

                       काठमाडौं, माघ ८ । काठमाडौं उपत्यकासहित देशभर आज चिसो बढेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंसँगै उपत्यका बाहिर पनि चिसो बढेको छ ।

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।  हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने विभागले जनाएको छ । शीतलहर तथा बाक्लो हुस्सुले तराई मधेशको जनजीवन कष्टकर बनाएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update