पूर्वसांसद एवम् सिभिल बचत तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङ विरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बिगो सहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो
काठमाडौं, माघ ८ । पूर्वसांसद एवम् सिभिल बचत तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आज विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङ विरुद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बिगो सहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने मागदाबी गरेको थियो । यो मुद्दाको कसुर निर्धारणका लागि अदालतले माघ २१ गते अर्को पेशी तोकेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय