Kath khabar
राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिने


                     धनुषा, माघ ८ । जनकपुरधामस्थित राम जानकी मन्दिरमा आज सवा लाख दीप प्रज्वलन गरिने भएको छ ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जानकी मन्दिरमा आज सवा लाख दीप प्रज्वलनका तयारी गरिएको हो । जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्नको लागि मन्त्रालय र विभिन्न कार्यालयललाई पत्र पठाएर अपिल गरेको छ ।

दीप प्रज्वलन कार्यक्रमका निम्ति जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । मन्दिर परिसरमा फूलै फूलले जय श्रीराम लेखिएको छ । दीप प्रज्वलनका लागि मन्दिर परिसरमा दियोहरु ठिक पारिएको छ ।

भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update