Kath Khabar
थप २४४४ जनामा कोरोना संक्रमण

काठमाडौ, असार १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जना कोरोना भाईरस (कोभिड-१९) बाट संक्रिमत भएका छन् । मन्त्रालयका अनुसार यस अवधिमा कुुल ११ हजार छ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार पाँच सय नौ जना र एन्टिजेन विधिबाट नौ सय ३५ संक्रमित भएका हुुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार आठ सय ५४ संक्रमण मुक्त भएका छन् । यो समेत गरेर हालसम्म नेपालमा कुुल संक्रमितहरु मध्ये पाँच लाख ८८ हजार एक सय ८७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या भनेको ९२ दशमलव छ प्रतिशत हो, मन्त्रालयले भनेको छ ।  

यसैगरी पछिल्लो पटक थप भएको समेत गरी नेपालमा हाल सक्रिय संक्रमितहरुको संख्या भने ३७ हजार नौ सय ५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा दुुई हजार आठ सय ७५, आईसीयूमा छ सय ५७ तथा भेन्टिलेटरमा एक सय ९३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । यो समेत गरेर हालसम्म नेपालमा कोरोना भाईरसकै कारण ज्यान गुमाउनेहरुको संख्या नौ हजार ५१ पुुगेको छ । मन्त्रालयका अनुसार यो मृत्युदर एक दशमलव पाँच प्रतिशत हो ।  

उपत्यकामा थप ५१४ जना संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कुल पाँच सय १४ जना संक्रमित थपिएका छन् । सो मध्ये काठमाडौंमा मात्र तीन सय ५५, ललितपुरमा एक सय १२ र भक्तपुरमा ४७ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update