ललितपुरका नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ
ललितपुर, माघ १० । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय