Kath khabar
पार्किङ निषेध गरेको विरोधमा न्युरोड व्यवसायी आज पनि आन्दोलनमा


                   काठमाडौं, माघ १० । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र सडकमा पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् ।

उचित विकल्पबिना महानगरले न्युरोडमा पार्किङ निषेध गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनकारीले करिब २ घण्टा पसलहरू बन्द गरी महानगरको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी न्युरोड सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update