नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र विकल पौडेल भ्रष्टाचार प्रकरणमा पक्राउ
काठमाडौं, माघ १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानमा बयानका लागि बोलाउँदा दुवैजना हाजिर नभएपछि पक्राउ परेको अख्तियारको स्रोतले जनाएको छ । दुवैविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सोही सम्बन्धमा उनीहरुविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको उजुरी पनि परेको थियो ।
दुवैलाई बिहीबार विशेष अदालतमा पेश गर्ने तयारी अख्तियारले गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय