Kath khabar
राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु, मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी

 

                       काठमाडौं, माघ ११ ।   राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको  हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update