Kath khabar
आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

 

                            काठमाडौं, माघ ११ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज यस वर्षकै कम तापक्रम मापन गरिएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ । आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्नसक्ने महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update