Kath khabar
नयाँ बानेश्वरमा गुडिरहेको बस भासियो



                  काठमाडौं, माघ १२ । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ ।  कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो ।

सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् । यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । सडकमुनि खाल्डो वा ढल भएको ठाउँमा पछाडिको एउटा चक्का भासिएको बताइएको छ ।

अहिले ट्राफिक र नेपाल प्रहरीको सहयोगमा बस हटाउन लागिएको छ । केहि वर्ष अघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडक भासिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update